Latest News

गायिका स्मिता घिमिरेको ज्यान जानुको कारण खुल्यो

Nepalese Times August 17, 2022 (3 Year ago)    652 Views

काठमाडौं ।

गायिका स्मिता घिमिरेको क्यान्सरबाट निधन भएको खुलेको छ।

तीन वर्षदेखि क्यान्सरबाट पीडित घिमिरेको सोमबार राति ललितपुर हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पछिल्लो पटक उनी बोनम्यारो क्यान्सरबाट पीडित थिइन्। यसअघि स्तन क्यान्सरबाट पीडित उनी शल्यक्रियापछि पूर्ण रुपमा निको भएकी थिइन्। उनका ‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’ लगायत गीत रुचाइएका छन्।

घिमिरेले उपन्यास ‘हराएको मुस्कान’ समेत लेखेकी थिइन्। घिमिरे पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी समेत हुन्।

 

प्रतिक्रिया दिनुहोस