Latest News

ईश्वर पोखरेलसँग चुनाव लड्न माधव नेपालले खडा गरे उम्मेदवार, कसले पाउने भए टिकट ?

Nepalese Times August 17, 2022 (2 Year ago)    501 Views

काठमाडौं ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दलहरुले आ आफ्नो तयारी थालेका छन् ।

सत्ता गठबन्धनले प्रत्यक्षतर्फको १६५ सिटमा बाँडफाँडको टुँगो लगाउँदैछ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार कांग्रेसले ९०, माओवादी केन्द्रले ४०, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले १८, उपेन्द्र यादवको जसपाले १६ र जनमोर्चाले १ सिटको भागबण्डा भएको छ ।

माधव नेपालले काठमाडौं क्षेत्र नम्बर २ छोडेर रौतहटबाट चुनाव लड्ने तयारी गरेका छन् । उनी पछिल्लो समय रौतहटमा केन्द्रित भएका छन् । उनले काठमाडौंमा रहेका १० क्षेत्रमध्ये २ क्षेत्रमा दाबी गरेका छन् ।

उनले काठमाडौंको ५ र ८ मा दाबी गरेको चर्चा छ । यसपटक उनले पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीलाई काठमाडौं क्षेत्र नम्बर ५ मा अघि साने तयारी गरेका छन् । विद्यार्थी राजनीतिमा सक्रिय पराजुलीलाई अध्यक्ष नेपालले संसदीय चुनावको तयारी थाल्न भनेको चर्चा छ ।

गठबन्धनले माधव नेपालको दललाई यो क्षेत्र दिने सहमति गरे युवा नेता पराजुली नै उम्मेद्धवार हुने पक्कापक्की भएको छ । कांग्रेसबाट भने यो क्षेत्रमा केन्द्रीय सदस्य प्रदीप पौडेल र नैनसिंह महरको नाम चर्चामा छ ।

यो क्षेत्रमा ०७४ को निर्वाचनमा डा। प्रकाशशरण महत चुनाव लडेका थिए । उनी एमाले नेता ईश्वर पोखरेलसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस