Latest News

मंसिर ३ को मिति तोक्दै निर्वाचन आयोगले गर्यो महत्वपूर्ण निर्णय

Nepalese Times August 14, 2022 (2 Year ago)    619 Views

काठमाडौं ।

आउँसो मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधिसभा चुनावमा मंसिर ३ गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मंसिर ३ गते १८ वर्ष उमेर पुगेका मतदाताले भोट हाल्न पाउने निर्णय गरेको छ ।

आयोगले मंसिर ४ गते तय भएको आम निर्वाचनमा साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका व्यक्तिहरूमध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूले भोट हाल्न पाउने गरी ‘कट अफ डेट’ निर्धारण गरेको हो ।

मिति २०७९–०४–१९ (निर्वाचन घोषणा भएको दिन) सम्म मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिहरूमध्ये मिति २०७९र०८र०३ सम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने भएको आयोगले जाी गरेको विज्ञप्तिमा भनिएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने कानूनी व्यवस्था रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस