Latest News

पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय (सूचनासहित)

Nepalese Times August 13, 2022 (2 Year ago)    428 Views

रामहरि श्रेष्ठ,ओखलढुंगा

विद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपछि ओखलढुंगाको एक बिद्यालय बन्द गरिएको छ ।

जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारी स्थित जाल्पा माध्यमिक विद्यालयका अधिकांश विद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो ।

बिद्यालयले प्रशासनले एक सार्वजनिक सुचना जारी गरेर आईतबार भोलिदेखि लागु हुनेगरी आगामी पाँच दिन अर्थात भदौ २ गतेसम्मका लागि बिद्यालय बन्द गरिएको जनाएको छ ।

विद्यालयमा अध्यनरत सबै उमेर समुहका बालबालिकामा कडा खालको ज्वरो तथा रुघा खोकीको लक्ष्य देखिएको विद्यालयका प्रध्यानध्यापक कैलाश पौडेलले बताए ।

सोही कारण समान्य बिद्यार्थीहरुमा समेत संक्रमणको जोखिम उच्च रहेकाले सावधानी स्वरुप बिद्यालय बन्द गरिएको प्रध्यानध्यापक पौडेलको भनाई छ ।

पछिल्लो समय जिल्लाका अधिकाशं बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमा भाइरल फिबरको संक्रमण देखिएको छ ।विद्यार्थीहरुमा कडा खालको ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने,जोर्ती दुख्ने लगायतका लक्षण लक्षण देखिने गरेको चिकित्सकहरुको भनाई छ ।

भइरल फिबर ठुलो उमेरसमुहका ब्यक्तीहरुम समेत देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पुष्पराज पन्तले बताए । बढी जसो बालबालिकामा क्षणमा ज्वरो आउने , टाउको दुख्ने, बान्ता गर्ने लगायतका लक्षण देखिने गर्दछ ।

जसका लागी स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढ्न थालेको पन्तको भनाई छ । जिल्लामा पछिल्लो पटक भाइरल फिबरका बिरामी बढेकाले सावधानी अपनाउन समेत आग्रह गरिएको छ । सुचना अधिकारी पन्तले आम नागरिकलाई खानपानमा बिषेश ध्यान दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस