काठमाडौं ।
बाँके जिल्लाको बैजनाथ गाउँपालिका –१ गाभरका एक पुरुष पक्राउ परेका छन्।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई समातिएको प्रहरीले जनाएको छ । कुखुरा फर्म सञ्चालन गरी बस्ने डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–९ घर भएका २३ वर्षीय प्रकाश रोकायलाई बिहीबार विहान प्रहरीले पक्राउ गरेको हो।
प्रकाशले ती किशोरीलाई कोहलपुर नगरपालिका–११ दशविगाहास्थित ईन्द्रेणी होटेल एण्ड लजमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।