Latest News

बाबुराम भट्टराईलाई छोरी मानुषी प्यारो भएपछि अर्का दाहिने हातले पनि छाडे साथ

Nepalese Times August 7, 2022 (3 Year ago)    462 Views

काठमाडौं ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका छन्।

तर उनले गठन गरेका नयाँ पार्टीमा नयाँ नेता थपिने भन्दा भएकाले पनि छोड्ने क्रम चलिरहेको छ । भट्टराईलाई नयाँ शक्ति गठनदेखि नै सहयोग गर्दै आएका नेता डम्बर खतिवडाले यसपाली उनको साथ छोडेका छन् ।

शनिबार बसेको पार्टीको पहिलो केन्द्रीय समितिको पूर्ण बैठकले तय गरेका १८८ सदस्यीय केन्द्रीय समिति सदस्यमा बाबुरामकी छोरी मानुषी यमी भट्टराई अटाएकी छन्। खतिवडा नयाँ शक्तिदेखि जसपासम्म केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेर काम गरेका थिए।

बाबुरामले गठन गरेको नयाँ पार्टीमा आफू सहभागी नभएको खतिवडा बताउँछन्। खतिवडाले बाबुरामको नयाँ पार्टीले वैकल्पिक राजनीतिको नेतृत्व गर्न नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस