काठडमाडौं ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने बताएकी छिन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी नेत्री कोइरालाले आउँदो मंसिर ४ गते हुने संसदीय चुनावमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने बताएकी हुन् ।
यतै उनले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छिन् । उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताइन् ।
कारण दुई पटक विघटन गरिएको संसद् गठबन्धनका पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकाले स्वार्थी बन्न नहुँने भन्दै उनले पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।
नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताइन् ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक पत्नी डा. आरजु राणा देउवालाई आफ्नो निर्वाचन क्षेत्र डडेलधुराबाट चुनाव लड्न आग्रह गरेका छन् । तर, आरजुले भने आफू डडेलधुरा नजाने बताएको स्रोतको दाबी छ ।
कांग्रेसनिकट उच्च स्रोतका अनुसार यसपटक सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आरजुलाई डडेलधुराबाट चुनाव लड्न आग्रह गरेका छन् ।
स्रोतले भन्यो, ‘जसरी पनि आरजुलाई जिताएर ल्याउने भन्दै यस्तो गर्नुभएको छ । तर, आरजुले भने बर्दिया–२ बाट चुनाव लड्ने तयारी गर्नुभएको छ ।’ आगामी निर्वाचनपछि सरकारको नेतृत्व लिनेगरि आरजुले तयारी थालेको चर्चाको बीच उनी निर्वाचन जित्ने सुनिश्चित् भएको सेफ जोनको खोजीमा लागेकी छिन् ।
उनले आफ्नो माइतीको पुर्खौली जिल्ला बदिया ताकेको चर्चा चलेको छ । उनले बर्दिया २ बाट यसपटक उम्मेद्धवारी दिने तयारी गरेकी छिन् । यो क्षेत्रबाट ०७४ मा सन्तकुमार थारुले चुनाव जितेका थिए ।
देउवाले भने आफू आरजुलाई डडेलधुरा छोडेर कैलाली वा कञ्चनपुर आउन तयार रहेको बताएका थिए । तर, आरजुले नै डडेलधुरा छोडेर बर्दिया रोजेपछि अहिले कांग्रेस शीर्ष नेताहरु सोहीअनुसार छलफलमा जुटेका छन् ।
देउवाले आरजुलाई पार्टी र सरकार दुवैमा फष्ट पोष्टमा पुर्याउनेगरि मुभ गरेका छन् । चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि आरजुको नेतृत्वमा आलोपालो सरकार बनाउनेसम्मको सहमति भएको चर्चा चल्नु र चुनाव जित्नको लागि आरजुले सेफ जोन खोज्नु संयोगमात्रै हो कि नियोजित भन्ने चुनावपछि थाहा हुनेछ ।