Latest News

तपाईको यो हप्ता कस्तो रहला ? हेर्नुहोस् साउन २७ गते शुक्रबारसम्मको राशिफल

Nepalese Times August 6, 2022 (2 Year ago)    393 Views

साउन २१ देखि २७ गते सम्म को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ । मनोरञ्जनमा सहभागिता पनि भइएला । साताको उत्तरार्ध बाट घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग कलेजी वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३.६ र शुभ रङ्ग ध्वाँसे वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि शिव भगवानको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता शुभ कार्यमा सरिक भइनेछ । सामाजिक तथा राजनैतिक कार्यमा रुचि बढ्नेछ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विष्णु भगवानको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता नयाँ र शुभ समाचार सुन्न पाइनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ समेत हुनेछ । मध्य साताबाट बन्न लागेको काम बिग्रनसक्छ । नाक तथा घाँटीमा समस्या आउनेछ अत: स्वास्थ्य प्रति सजग रहनुहोला । । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पहेँलो वा हल्का रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । शेयर बजारको क्षेत्रमा पनि राम्रो सफलता मिल्ला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो हप्ता नयाँ र शुभ कार्यको योजना बन्नेछ । कीर्तिमानी काम गर्ने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता सामाजिक कार्यमा सफलता हात लाग्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता मन भावुक र उत्ताउलो बन्नसक्छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च बढ्नेछ । प्रेममा मनमुटाव पनि आउला । मङ्गलवारबाट कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । कृषि कार्यहरू अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबाको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता माध्यम नै रहनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यमा धार्मिक यात्राको योग र योजना बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । खानपिनको विविध परिकार खान पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग बैजनी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएका अधुरा कामहरूको पुन: योजना बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । बुधबार बाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला । मनमा दुबिधा पनि उत्पन्न हुनेछ । बुधवारबाट प्रेमीको सहयोग पाइनेछ । प्राविधिक र राजनैतिक कार्यमा सफलता । यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ । हाम्रोपात्रो डटकमबाट

प्रतिक्रिया दिनुहोस