दाङ ।
दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको पनि ज्यान गएको छ । ज्यान गुमाउनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् ।
करेन्ट लागेर दुवैजनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि घाइते भएकी छन् ।
सोमबार दिउँसो कपडा सुकाउँदै गर्दा भिमा गाहामगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन् । तर हिमालाई पनि करेन्ट लाग्यो । त्यसपछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काए ।
तर तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेको थियो । बासु र हिमाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । सुरुमा करेन्ट लागेकी भिमाको अवस्था भने सामान्य छ ।
कसरी बच्ने ?
यदि कोहि व्यक्तिलाई करेन्ट लागेको छ भने सबै भन्दा पहिले घरको सबै ईलेक्ट्रोनिक उपकरणहरुलाई बन्द गरेर त्यस व्यक्तिलाई करेन्ट लागेको चीज बाट टाढा राख्नु पर्दछ र त्यस व्यक्तिलाई सिधा सुताउनु पर्छ ।
करेन्ट लागेको व्यक्तिलाई मुखबाट श्वास दिनु पर्दछ र त्यस व्यक्तिको छातिमा १ फुटको दुरीबाट हातले दबाव बनाइराख्नु पर्दछ ताकि धडकन चलिरहोस् ।
जुन पनि व्यक्तिलाई करेन्ट लागेको छ त्यस व्यक्तिलाई नाङगो हाथले समात्ने गल्ती नगर्नु । पीडित व्यक्तिको श्वास चेक गरिरहनु र केहि गडबडि हुन साथ एंबुलेन्स बोलाउनु पर्दछ ।
प्लगको सबै जाँइंटसमा सेलो टेपको प्रयोग नगरि ईलेक्ट्रोनिक टेपको प्रयोग गर्नुपर्दछ गीजरको पानी प्रयोग गर्नुभन्दा पहिले गीजर बन्द गर्नुपर्दछ । अर्थिगं को चेक हरेक ६÷६ महिनामा गराइराख्नु ।
जुन ईलेक्ट्रोनिसको आइटम्स को तार खिया लागेको छ वा टुटेको छ त्यस्तो तारलाई प्रयोग गर्नु भन्दा पहिले रिपेयर गराउनु पर्दछ । कुनै पनि तारको इलेक्ट्रोनिक्स प्रोब्लमस भयो भने आफै केहि पनि नगर्नु , प्रोफेशनलको सहयोग लिनु पर्छ ।
घरको सबै सोेकेटस कवर हुनुपर्दछ । कुनै पनि इलेक्ट्रोनिक अप्लायन्सेस पानीको नजिक नराख्नु । जहाँ करेन्ट प्रवाह भइरहेको छ त्यँहा दाउराको सहायताले अनप्लग गरिदिनु पर्छ ।
बाथरुमको कुनै पनि इलेक्ट्रोनिकस अप्लायन्सेस को उपयोग न को बराबर गर्नु । यदि बाथरुमको भित्ता सिलन छ भने त्यहा को स्विच बोर्ड मा करेन्ट लाग्न सक्ने भएकोले पहिले नै सावधान हुनु पर्छ ।