काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले १३ एसपीको काज सरुवा गरेको छ । सरुवामा चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
सरुवाअनुसार सुनसरीमा प्रभु ढकाललाई पठाइएको छ । त्यस्तै, उदयपुरमा ज्ञानेन्द्र फुयाल, इलामम दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितको सरुवा भएको छ । यसअघि घिमिरेको डोटी सरुवा भएकोमा त्यहाँ जान अस्वीकार गरेपछि उनलाई इलाम पठाइएको छ ।
नियमित सरुवा निकाल्न नसकेपछि प्रहरी प्रधान कार्यालयले यसरी थोरै थोरै गरेर काज सरुवा निकालेको हो । एक वर्ष अवधि पुगेको बाँके लगायत जिल्लामा सरुवा हुन सकेको छैन ।
ती जिल्लाका सबै प्रहरी उपरीक्षक (एसपी) हरुले एक वर्षभन्दा बढी जिल्लाको नेतृत्व गरिसकेका थिए । उदयपुरका एसपी सुवासचन्द्र बोहोरा प्रहरी प्रशासन सिंहदरबार, सुनसरीका सञ्जयसिंह थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र इलामका महेन्द्र श्रेष्ठ मधेश प्रहरी कार्यालयको आर्थिक प्रशासन शाखामा सरुवा भएका छन् ।
नुवाकोटका एसपी रामप्रकाश शाह प्रहरी प्रधान कार्यालय, नक्साल पठाइएका छन् ।