Latest News

सोलुखुम्बुमा पनि भूकम्प, भत्कियो घर

Nepalese Times July 31, 2022 (2 Year ago)    472 Views

सोलुखुम्बु –

सोलुखुम्बुमा पनि भुकम्पका कारण एक घर भत्किएको छ ।

खोटाङको मात्तिमविर्ता केन्द्रविन्दु भएर गएको ६ रेक्टर स्केलको भुकम्पका कारण सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ खनियाखर्कका डिक विर सार्कीको घर भत्किएको हो ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजंग शाहका अनुसार भुकम्पका कारण ढुंगा, माटोले बनेको र टिनको छानो भएको सार्कीको एक तले घर पुर्ण रुपमा भत्किएको हो ।

घटनामा अन्दाजी ६ लाख बराबरको भौतिक क्ष’ति भएको छ भने मानविय क्षति भएको छैन । भुकम्प पिडित सार्कीको ७ जनाको परिवारलाई छिमेकी केशव प्रसाद उपाध्यायको घरमा आश्रय दिएर राखिएको जिल्ला प्र’हरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यस्तै खोटाङ भूकम्पका कारण दुई वटा घर भत्किएको छ भने ७ घर चर्किएको छ । साकेला गाउँपालिका ५ मात्तिमबिर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गङ्गा राई र हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको हो ।

भूकम्पले मात्तिमबिर्तामा १७ घर चर्किएको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए । अहिलेसम्म मानवीय क्षति भएकोबारे जानकारी नआएको प्रशासनले जनाएको छ । भूकम्पलगत्तै साकेला गाउँपालिकाका पाँच वटै वडामा क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए ।

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ ।

भूकम्प गएलगत्तै नगरपालिकाले ‘इन्टिग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्ट’ का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह–मन्त्रालयलाई पत्राचार गरेको हो ।

भूकम्पबाट क्षतिकाे तत्काल मूल्याङ्कन गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगरपालिकाकी मेयर विमला राईले बताए ।

प्रतिक्रिया दिनुहोस