साउन १४ देखि २० गते सम्म को राशिफल
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । शेयर बजार र आर्थिक कारोबारमा समेत मन्दी आउला । मंगलबारबाट कुनै कुराले मनमा शान्ति छाउनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ठाउँमा प्रवेश हुने समय रहेको छ । घरजग्गा र भौतिक साधन जुटाउने समय छ । भ्रमणको योजना बन्नेछ । सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । पुँजी बजार तथा शेयर बजारको क्षेत्रमा सफलता पनि मिल्ला । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता अनावश्यक झमेलामा परिएला । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउनसक्छ । मध्य साताबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पहेँलो वा हल्का रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता अनावश्यक झमेलामा परिएला । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउनसक्छ । मध्य साताबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पहेँलो वा हल्का रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता घर व्यवहारको समस्याले सताउनेछ । विश्वासमा कमी आउसक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा बाधा आउनेछ । साताको उत्तरार्ध बाट मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग कलेजी वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो हप्ता रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने छ । धार्मिक यात्राको योग छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग निलो वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) यो साता रमाइलो यात्राको योग रहेको छ । पुराना साथीभाइसित भेटघाट हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । प्रणयसम्बन्ध बढेर जाने समय पनि छ । मध्य सातामा लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यो साता स्व विवेकको प्रयोगले कार्य सिद्ध हुनसक्छ । छोटो दुरीको लाभदायक यात्रा रहला । अतिथिको रूपमा सत्कार पाइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वाहन सुख पनि मिल्नसक्छ । अध्ययनमा रुचि जाग्नुका साथै सफल यात्राका योग पनि देखिन्छन् । घरमा अतिथिको आगमन हुनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यो हप्ता कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । गरेको कार्य सम्पादनमा सहजता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । सङ्गीतमा रुचि बढ्नेछ । पुँजी बजारको व्यवसायबाट लाभ मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वाखरानी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) यो साता दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्राविधिक कार्यमा सफलता पाइनेछ । मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग ध्वाँसे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ । हाम्रोपात्रोबाट