काठमाडौं ।
नेपाल बिध्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पासहितको टोलिले नेपाल तरुण दल केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई भेटेका छन् ।
भेटमा द्वय अध्यक्षबीच संगठन बिस्तार गर्ने बिषयमा गहन छलफल भएको छ । दुवै संगठन पार्टीको मेरुदण्डको रुपमा रहेको र संगठनलाई बलियो बनाउनपर्नेमा द्वय अध्यक्षबीच गम्भीर रुपमा छलफल भएको छ ।
भेटमा तरुण दल अध्यक्षले युवाहरु पछिल्लो समयमा पार्टीहरु प्रती अशन्तुष्टी हुँदै गर्दा स्वतन्त्र उम्मेदवार हरु हावी भएको बताए । यस्तो अवस्थामा पार्टीले भातृ संगठनको मनोवल उच्च बनाउनुपर्ने उनले बताए ।
भेटमा द्वय अध्यक्षबीच संगठन बिस्तारमा आफ्नो आन्तरिक तयारीकाबारे छ्लफल भएको तरुण दलका अध्यक्ष गुरुङको सचिवालयले जनाएको छ ।