Latest News

सरकारले अमेरिकालाई पठायो यस्तो पत्र

Nepalese Times July 29, 2022 (2 Year ago)    455 Views

काठमाडौं ।

सरकारले स्टेट पार्टनरसीप प्रोग्राम(एसपीपी) अघि नबढाउने अमेरिकालाई लिखित जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले साउन ९ मा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिएका हुन ।मन्त्रिपरिषद्को असार ६ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो ।

तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भैरहेका बेला सरकारले औपचारिक रुपमा पत्र पठाएको जानकारी दिएको हो ।

‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु ।’शुक्रबार संसदमा परराष्ट्रमन्त्री खड्काले भने– आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो ।’

पत्राचार गर्न ढिला गरेको भन्दै कतिपयले संशयसमेत व्यक्त गरेकोमा पनि उनले त्यसो गर्नु आवश्यक नरहेको बताए । ‘यसमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र छ ।’ उनले भने । स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सरकारसक्षम रहेको मन्त्री खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस