Latest News

एसईईको नतिजामा चित्त बुझेन ? यसरी दिनुस् आवेदन

Nepalese Times July 29, 2022 (3 Year ago)    624 Views

काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि साउन २७ भित्र निवेदन दिन पाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत ‘परीक्षा नियन्त्रण कार्यालय कक्षा १०’ ले सूचना जारी गरी आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्याेगका लागि परीक्षार्थीलाई तोकिएको ढाँचामा निवेदन दिन आह्वान गरेको हो।

२०७८ सालको एसईईको परीक्षाफल बुधबार प्रकाशित भएको थियो।

साधारण तथा प्राविधिक धारतर्फ नियमित र ग्रेडबृद्धि परीक्षामा सहभागीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेको भए पुनर्योग गर्न निवेदन दिन पाउँछन्।

शिक्षक विकास तथा समन्वय इकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिने कार्यालयले जानकारी दिएको छ।

शिक्षक विकास तथा समन्वय एकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिनेछ। निवेदन दस्तुर ५ सय रुपैयाँ लाग्ने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस