Latest News

एसइईमा राम्रो अंक ल्याउन नसकेको भन्दै ईशा सुवेदीले फालिन् ज्यान

Nepalese Times July 28, 2022 (2 Year ago)    601 Views

काठमाडौं ।

एसइई परीक्षामा भनेजस्तो अंक ल्याउन नसकेको भन्दै धादिङमा एकजना छात्राले ज्यान फालेकी छिन् ।

धुनिवेशी आवासीय बोर्डिङ्ग स्कुल धादिङबाट परीक्षामा सहभागी भएकी ईशा सुवेदीले आफूले सोचेको जस्तो अंक नआएको भन्दै ज्यान फालेकी हुन् ।

धुनिवेशी आवासीय बोर्डिङ्ग स्कुलले उनको ज्यान गएको खबर अकल्पनीय भएको भन्दै समवेदना व्यक्त गरेको छ । यस्तै राम्रो अंक ल्याउन सकिएन भने बर्वाद हुन्छु भन्ने भ्रमबाट बालबालिकाहरुलाई बचाउनुपर्ने आवाज पनि उठ्न थालेको छ ।

धेरै नम्वर ल्याउदैमा फुर्कने र नल्याउँदैमा वर्वाद हुने नभई क्षमता मापन केही घण्टाको परीक्षाले गर्न नसक्ने शिक्षाविद्हरुको भनाइ छ ।

परीक्षाफल जस्तो आएपनि सर्वदा आफ्नो नानीबाबुलाई प्रसंशा गर्ने बानी बसाल्नुपर्ने र कुलत र खराव बानीबेहोरा बाट बाउन सक्नुपर्ने वाल मनोविद्हरुको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उच्च जिपिए ३.६ देखि ४.० ल्याउनेकाे स‍ंख्या ९६ हजार ३३ रहेका छन् ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १४ हजार नाै सय ७७ परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ५७ हजार नाै सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र छन् । उनीहरूले दुई हजार सात परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।

कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन समयमा सञ्चालन हुन नसक्दा गत वर्षको एसईई गएको वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा ४ लाख ९५ हजार विद्यार्थी सहभागी भएका थिए।

परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए।

यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट रिजल्ट थाहा पाउने व्यवस्था गरेको जनाएको छ। मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ।

त्यस्तै विभिन्न वेवसाइटमार्फत पनि नजित हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ। नतिजा हेर्नका लागि www.see.gov.np , www.neb.gov.np, www.see.ntc.net.np लगायत अन्य वेवसाइटमा जान सकिने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस