Latest News

अभिनेत्री मिरुना र बौद्ध भिक्षु फुर्वाको काण्ड फेरि नयाँ मोडमा, अदालतमा मुद्दा दर्ता

Nepalese Times July 28, 2022 (2 Year ago)    490 Views

काठमाडौं । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

उनले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका हुन् । दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अनलाइनखबरसँग मुद्दा दर्ता भएको पुष्टि गरे । माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्र्वाले उजुरीमा उल्लेख गरेका छन् ।

फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाही माग गरिएको छ ।

गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन् ।

यो प्रकरण चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । फिल्म र बौद्ध समुदायबीच आइन्दा विवाद नगर्ने भन्दै माफी मागेर सहमति पनि भएको थियो । सहमति भएको एक सातामै मिरुना र फुर्वा दुवै पुनः विवादमा उत्रिए ।

त्यसपछि परिस्थिति शान्त हुनेभन्दा थप जटिल बन्दै गयो । यतिबेला पुनः मिरुनाले माफी माग्नुपर्ने भन्दै मुद्दा दायर भएको हो । मिरुना ‘कबड्डी ४’ की अभिनेत्री हुन् भने ठकुरी फिल्म प्राविधिकको रुपमा कार्यरत थिए । मिरुना यतिबेला लण्डनमा छिन् ।

प्रतिक्रिया दिनुहोस