Latest News

स्थानीय निर्वाचनः लोकप्रिय मतमा कांग्रेस पहिलो, अरु कुन दल कतिऔं स्थानमा ?

Nepalese Times July 26, 2022 (2 Year ago)    692 Views

काठमाडौं ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

मंगलबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक मत विवरणमा आयोगले कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको उल्लेख गरेको छ ।

आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको छ । कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै, नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ ।

माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।


यस्तै संघीय संसदको चुनाव आगामी मंसिर ४ गते हुन सक्ने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयूक्त दिनेश थपलियाले संकेत गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले अर्को मन्त्रीपरिषद बैठकले निर्वाचनको मिति तोक्न सक्ने बताए ।

निर्वाचन आयोगले एकै चरणमा चुनाव सम्पन्न गर्ने गरी मिति सिफारिस गरिसकेको थपलियाको भनाइ छ । उनले भने, ‘आउँदो क्याबिनेटको बैठकबाट मंसिरको ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्दा हुन्छ ।’

स्थानीय चुनावको तुलनामा आगामी संघीय चुनावमा निर्वाचन आयोगको खर्च बढ्न सक्ने थपलियाले बताए । यो निर्वाचनमा २ करोड मतपत्र छापेकोमा आउँदो निर्वाचनमा ८ करोड छाप्नुपर्ने उनको भनाइ छ । यस्तै, एउटा केन्द्रमा एउटा मतपेटिका राखेर स्थानीय चुनाव गराइएकोमा आउँदो चुनावमा ४ वटा राख्नुपर्ने उनले उल्लेख गरे ।

‘मतपेटिकासँगै कर्मचारी पनि थप्नुपर्ने हुन्छ र स्वभाविकरुपमा खर्च बढ्छ,’ उनले भने । तर, मितव्ययी निर्वाचनमा आयोग प्रतिवद्ध रहेको थपलियाले बताए । स्थानीय चुनावको तुलनामा आगामी संघीय चुनावमा निर्वाचन आयोगको खर्च बढ्न सक्ने थपलियाले बताए । यो निर्वाचनमा २ करोड मतपत्र छापेकोमा आउँदो निर्वाचनमा ८ करोड छाप्नुपर्ने उनको भनाइ छ ।

यस्तै, एउटा केन्द्रमा एउटा मतपेटिका राखेर स्थानीय चुनाव गराइएकोमा आउँदो चुनावमा ४ वटा राख्नुपर्ने उनले उल्लेख गरे ।

‘मतपेटिकासँगै कर्मचारी पनि थप्नुपर्ने हुन्छ र स्वभाविकरुपमा खर्च बढ्छ,’ उनले भने । तर, मितव्ययी निर्वाचनमा आयोग प्रतिवद्ध रहेको थपलियाले बताए । आउँदो निर्वाचनको आन्तरिक तयारीमा आयोग लागिसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस