Latest News

सूर्य थापाले सार्वजनिक गरे मन्त्री नियुक्त र सपथ ग्रहणको तालिका, सत्ता गठबन्धनमा खैलाबैला !

Nepalese Times July 25, 2022 (2 Year ago)    571 Views

काठमाडौं ।

गत शुक्रबार प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक पारित भयो । यो विद्येयकलाई राष्ट्रियसभा बैठकबाट पनि पारित गराउने तयारी भएको छ ।

बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ टेबल गर्ने सम्भावित कार्यसूची छ ।

यो विद्येयक पारित भएसँगै यसको चर्को विरोध भइरहेको छ । प्रतिनिधिसभा बैठकबाट यो विद्येयक पारित गर्दा मौन बसेको नेकपा एमाले पनि बाहिर निस्किएपछि भने विरोध गर्न थालेको छ ।

यसैक्रममा नेकपा एमालेका नेता सूर्य थापाले एक स्टाटस पोष्ट गर्दै नागरिकता सम्बन्धी विद्येयक प्रतिनिधिसभाबाट पारित भएपनि असन्तुष्टि जनाएका छन् । उनले लेखेका छन्, – ‘यो चश्माले छर्लङ्ग देख्दोरहेछ, विदेशी मूलतः भारत माइतीका बुहारीलाई स्वर्णिम अवसर ।’

उनले स्टाटसमार्फत नेपाली युवासँग विवाह गरेको १० घण्टाभित्रै मन्त्री पदमा बहाली हुन सक्ने तालिका नै सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, – ‘सिन्दुरसँगै नागरिकताको प्रमाणपत्र बिहान १० बजे, संघीय सांसद मनोनयन अपरान्ह १२ बजे, सपथग्रहण दिउँसो २, मन्त्री नियुक्त दिउँसो ४ बजे, सपथ ग्रहण साँझ ६ बजे, पदबहाली बेलुकी ७ बजे ।’

महान जनयुद्धदेखि पाँचदलीय गठबन्धनको बहुमतले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक  पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गरेको सौदावाजी र नग्न दलालीको परिणाम भएकोसमेत उनले आरोप लगाएका छन् ।

यस्तो छ उनको स्टाटस

याे चश्माले छर्लङ्ग देख्दाेरहेछ-
विदेशी मूलत: भारत माइतीका बुहारीलाई
स्वर्णिम अवसर
१० घण्टामा मन्त्रीको पदबहाली
नेपाली युवासँग विवाह,
सिन्दुरसँगै नागरिकताकाे प्रमाणपत्र – बिहान १०:०० बजे।
संघीय सांसद मनाेनयन – अपरान्ह १२:०० बजे ।
सपथग्रहण- दिउँसो २:०० बजे।
मन्त्री नियुक्त- दिउँसो ४:०० बजे ।
सपथग्रहण- साँझ ६:०० बजे।
पदबहाली- बेलुका ७:०० बजे।
‘महान’ जनयुद्धदेखि पाँचदलीय गठबन्धनकाे बहुमतले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक !
पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गरेकाे
साैदावाजी र नग्न दलालीकाे परिणाम !
घृणित आत्मसमर्पण ।
नाच मदारी नाच,
डम्फुकाे तालमा नाच !!

प्रतिक्रिया दिनुहोस