Latest News

नेपाल प्रेस युनियनको उपाध्यक्षमा मुरारी अधिकारी निर्वाचित

Nepalese Times July 24, 2022 (2 Year ago)    455 Views

काठमाडौं ।

नेपाल प्रेस युनियनको वागमती प्रदेश अन्तर्गत उपाध्यक्ष पदमा डा. मुरारी अधिकारी निर्वाचित भएका छन् ।  वागमती प्रदेश अन्तर्गत केन्द्रीय उपाध्यक्ष उनले गिरिजाप्रसाद अधिकारीलाई पराजित गरेका हुन् ।

काँग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ। हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ।

प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।

त्यस्तै, केन्द्रीय लेखा समितिमा संयोजक १ र सदस्य ४ जना समेत गरी ५ सदस्य रहने व्यवस्था छ । यस्तै कुल १२० वटा पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको छ ।

दुई पदका लागि कुनै पनि मनोनयन दर्ता भएको छैन भने उम्मेदवारी परेका ३१ पदमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको छ ।

मनोनयन दर्ता नभएको पदमा अल्पसंख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद रहेको छन् । अल्पसंख्यक महिला केन्द्रीय सदस्यतर्फ १ जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन ।

उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा २ जनाको कोटामा १ जनाको मात्रै मनोनयन दर्ता भयो । बाँकी ८७ पदका लागि भने आज निर्वाचन हुँदैछ । यसका लागि १७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस