Latest News

प्रेस युनियन मतगणना अपडेटः १०२० मत गन्दा कसले कति ल्याए ?

Nepalese Times July 24, 2022 (2 Year ago)    448 Views

काठमाडौं ।

नेपाल प्रेस युनियनको मतगणना जारी छ । जारी मतगणनामा अहिलेसम्म १०२० मत गनेर सकिएको छ ।

१०२० मत गनेर सकिँदा वागमती प्रदेश अन्तर्गत केन्द्रीय उपाध्यक्षको पछिल्लो परिणाम आएको छ । जसअनुसार गिरिजाप्रसाद अधिकारीले ४७० र मुरारी अधिकारीले ४९३ मत पाएका छन् ।

अध्यक्ष पदको भने ९२६ मत गणना गर्दाको परिणाम सार्वजनिक भएको छ । जसअनुसार शिव लम्सालले ४ सय ९७ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ४०१ मत पाएकी छन्।

काँग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ। हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ।

प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।

त्यस्तै, केन्द्रीय लेखा समितिमा संयोजक १ र सदस्य ४ जना समेत गरी ५ सदस्य रहने व्यवस्था छ । यस्तै कुल १२० वटा पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको छ ।

दुई पदका लागि कुनै पनि मनोनयन दर्ता भएको छैन भने उम्मेदवारी परेका ३१ पदमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको छ ।

मनोनयन दर्ता नभएको पदमा अल्पसंख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद रहेको छन् । अल्पसंख्यक महिला केन्द्रीय सदस्यतर्फ १ जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन ।

उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा २ जनाको कोटामा १ जनाको मात्रै मनोनयन दर्ता भयो । बाँकी ८७ पदका लागि भने आज निर्वाचन हुँदैछ । यसका लागि १७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस