Latest News

प्रेस युनियन मतगणना अपडेटः यस्तो आयो पछिल्लो मत परिणाम

Nepalese Times July 24, 2022 (2 Year ago)    466 Views

काठमाडौं ।

नेपाल प्रेस युनियनको मतगणना जारी छ । जारी मतगणनामा अहिलेसम्म ६०२ मत गनेर सकिएको छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्षमा शिव लम्सालले ३१६ मत ल्याएका छन् भने अनिता बिन्दुले २७१ मत पाएकी छिन् ।

यस्तै वरिष्ठ उपाध्यक्ष पदमा अनिता बिन्दु प्यानलका सरोज अधिकारीले २८७ मत पाएका छन् भने शिव लम्साल प्यानलका प्रेम केसीले २९५ मत पाएका छन् । यस्तै महासचिव पदमा दिलीप पौडेलको ३८० मत रहेको छ भने जगन्नाथ द्लालले १९० मत पाएका छन् ।

यस्तै वागमती प्रदेश अन्तर्गत केन्द्रीय उपाध्यक्षमा गिरिजाप्रसाद अधिकारीले २९१ र मुरारी अधिकारीले २८५ मत पाएका छन् । २ पदका लागि अध्यक्ष खुलातर्फ राममणि दाहालले २५०, शेखर रेग्मीले १८१, भीष्मराज ओझाले २८० र नकुल अर्यालले ३४२ मत ल्याएका छन् ।

काँग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ। हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ।

प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।

त्यस्तै, केन्द्रीय लेखा समितिमा संयोजक १ र सदस्य ४ जना समेत गरी ५ सदस्य रहने व्यवस्था छ । यस्तै कुल १२० वटा पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको छ । दुई पदका लागि कुनै पनि मनोनयन दर्ता भएको छैन भने उम्मेदवारी परेका ३१ पदमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको छ ।

मनोनयन दर्ता नभएको पदमा अल्पसंख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद रहेको छन् । अल्पसंख्यक महिला केन्द्रीय सदस्यतर्फ १ जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन ।

उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा २ जनाको कोटामा १ जनाको मात्रै मनोनयन दर्ता भयो । बाँकी ८७ पदका लागि भने आज निर्वाचन हुँदैछ । यसका लागि १७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस