Latest News

वडाध्यक्षमा चुनाव हारेका व्यक्ति गाउँपालिका अध्यक्षको राजनीतिक सल्लाहकार !

Nepalese Times July 24, 2022 (3 Year ago)    516 Views

काठमाडौं :

नुवाकोटको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले वडाध्यक्षमा चुनाव हारेको व्यक्तिलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन्।

अध्यक्ष श्रेष्ठले वडाध्यक्षमा चुनाव हारेका आफ्नो कार्यकर्ता हरिशरण लामिछानेलाई करारमा राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्।

शुक्रबार बसेको लिखु गाउँ कार्यपालिकाको आर्थिक वर्ष २०७९/८० को प्रथम बैठकको निर्णयअनुसार लिखु गाउँकार्यपालिकाको अध्यक्षको राजनीतिक सल्लाहकारमा नियुक्ति गरिएको गाउँपालिकाले जनाएको छ।

अध्यक्ष श्रेष्ठले आफनो राजनीतिक सल्लाहकारको रुपमा लामिछानेलाई नियुक्त गरेसँगै आलोचना भइरहेको छ।

लामिछाने कांग्रेसबाट लिखु गाउँपालिकाको वडा नम्बर ६ बाट वडाध्यक्षमा चुनाव लडेका थिए। उनी माओवादी केन्द्रका सुमन भण्डारीसँग १८७ मतले पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस