Latest News

जनार्दन शर्मा प्रकरणमा संसदबाट पारित भयो यस्तो प्रस्ताव !

Nepalese Times July 21, 2022 (2 Year ago)    479 Views

काठमाण्डौ ।

जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप भएको छ ।

सभामुख अग्नि सापकोटाले म्याद थपका लागि राखेको प्रस्ताव प्रतिनिधि सभाले पारित गरेको छ । यसअघि समितिलाई १० दिनका लागि दिएको समय भोलि शुक्रवार सकिँदैछ ।

तोकिएको समय सीमाभित्र समितिले काम पूरा गर्न नसकेपछि सभामुखले सात दिनको समय थप गर्नुभएको छ ।

संसदीय समितिले आजसम्म पूर्वमन्त्री शर्मासहित, सचिव, सहसचिव, बजेट निर्माणमा संलग्न कर्मचारी, राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, पहिलो पटक समाचार लेख्ने पत्रकार लगायतसँग बयान लिएको छ ।

तर समितिले अहिलेसम्म बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्ने काममा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुने कुनै प्रमाण फेला पार्न सकेको छैन ।

निवर्तमान अर्थमन्त्री शर्मामाथि २०७९र०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ ।

यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । छानबिन समिति गठन भए पछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस