Latest News

प्रधानमन्त्री देउवाबाट सुजाता कोइराला जब यसरी भइन् अपमानित् !

Nepalese Times July 18, 2022 (2 Year ago)    423 Views

काठमाडौं ।

नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले आफूहरुले पार्टी सभापति शेरबहादुर देउवालाई कमजोर बनाउन नखोजेको बताएकी छिन् ।

उनले भनिन्–‘उहाँलाई हामी एउटा बाटो देखाउन चाहन्छौं । कतिपय ठाउँमा के हुन्छ भने, मान्छे पावरमा रहेपछि उसले आफ्नो साथीभाईलाई बिर्सिन थाल्छ, आफ्नो संगठनलाई बिर्सिन थाल्छ, र उसलाई पावरको मात लागेको हुन्छ । र, गलत मान्छेले पनि घेरेको हुन्छ । त्यसले गर्दा हामीले उहाँलाई अब सच्चिनुहोस, चुनाव आउँदैछ । उहाँले नै चुनाव गराउने हो । त्यो चुनावमा पनि कांग्रेसले अत्यधिक बहुमतले जितेर आओस भनेर काम गर्नुपर्छ ।’

एक टेलिभिजन कार्यक्रममा उनले सभापति देउवामा सक्रियता नदेखिएको आरोप लगाईन् । उनले स्थानीय तहको निर्वाचन भएको यतिका दिन बित्दासमेत केन्द्रीय कार्यसमितिको बैठक बोलाउन ढिलाई गरेको गुनासो पोखिन् । उनले सभापति देउवाले पारदर्शी भएर काम गर्नुपर्नेमा जोड दिईन् ।

उनले आफू प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार नगएको स्पष्ट पारिन् । प्रधानमन्त्री देउवालाई भेट्नको लागि कोशिष गर्दा देउवाको स्वकिय सचिव भानु देउवाले फोन काटिदिने गरेको आरोप लगाईन् ।

उनले भनिन्–‘प्रधानमन्त्रीजीको सेक्रेटरी (त्यो भानु देउवा) ले हामीलाई एपोईन्टमेन्टपनि दिँदैन्, फोन पनि काटिदिन्छ, फोन गर्दाखेरि फोन काट्छ । उहाँलाई हाम्रो जरुरत छैन भने हामी किन जाने ? उहाँ एउटा गुटमा बसिरहनुभएको छ। त्यो गुटलाई उहाँले कहिल्यैपनि छोड्न सक्नुभएन ।’

प्रतिक्रिया दिनुहोस