Latest News

डिएसपी ठगबहादुरले धकेलेर पोखरीमा चोबलेका वडा अध्यक्ष क्षेत्रीले दिए यस्तो प्रतिक्रिया

Nepalese Times July 18, 2022 (2 Year ago)    489 Views

काठमाडौं।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद बढ्दै गएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्ने निहुँमा आफूमाथि हातपात र दुर्व्यवहार भएको जनप्रतिनिधिको आरोप छ।

नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख रामकृष्ण खाण र अरू जनप्रतिनिधिले नगरसभाबाट बजेट मात्रै पास गर्ने र एमालेबाट निर्वाचित प्रतिनिधिहरूले अरू समिति गठन गर्नुपर्ने अडान लिएपछि भएका झडप नियन्त्रणको क्रममा राज्यशक्ताको दुरुपयोग भएको जनप्रतिनिधिले आरोप लगाएका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीको नेतृत्वमा पुगेको टोलीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई लैजाने क्रममा प्रहरीले आफूहरूमाथि हातपात र दुर्व्यवहार गरेको एमालेका जनप्रतिनिधिहरूले बताएका छन्।

तिलोत्तमा नगरपालिका वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नगरसभा भइरहेको होटेलको स्वीमिङ पुलमा हुत्याएर फालिदिएको भिडिओ समेत बाहिरिएको छ।

आफूलाई लछारपछार गर्दै स्वीमिङ पुलमा फालिदिएको वडा अध्यक्ष क्षेत्रीले बताए। गृहमन्त्री बालकृष्ण खाणको गृहनगरमा भएको घटनाले तिलोत्तमावासीलाई आश्चर्यमा उनले बताए। नगरप्रमुख रामकृष्ण खाण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ पनि हुन्। गृहमन्त्रीको आडमा घटना भएको र दोषिलाई कारबाही हुनुपर्ने उनले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस