Latest News

भाजपासँग प्रचण्डले यस्तो सम्झौता गरेपछि भीम रावलले गरे कडा टिप्पणी

Nepalese Times July 18, 2022 (2 Year ago)    390 Views

काठमाडौं ।

नेकपा एमालेका नेता भीम रावलले माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र भाजपा बीच दिल्ली भएको सहमतिले जनयुद्धको लक्ष्य र देश कमजोर भएको अभिव्यक्ति छन्।

सोमबार सामाजिक संजालमा एक स्टाटस लेख्दै रावलले भनेका छन्, ‘दिल्लीमा एक अर्काका देशमा संयुक्त कार्यक्रम गर्ने सहमति भयो रे! यही हो ‘जनयुद्ध’ को लक्ष्य? यस्तै कामकुराले देश कमजोर हुँदै छ। अझै प्रमपत्नी आरजु देउवा राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकी छ। राष्ट्र हितप्रति खेलबाड र स्वार्थको भद्दा रुप।’

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रचण्ड आइतबार स्वदेश फिर्ता भएका छन्।

उनले भारत भ्रमणमा रहँदा भाजपाका अध्यक्ष नड्डासहित भारतीय विदेशमन्त्री एस जयशंकरलगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए।

भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धीमुलक कुराकानी भएको उनले उल्लेख गरे । ‘तपाईंहरुलाई थाह छँदैछ, म भाजपा अध्यक्षको निम्तोमा यहाँ आएको हुँ,’ उनले भने ‘दुनियाँकै सबभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा भाजपा स्थापित छ । आज यसको कार्यालयमा आएर यहाँको व्यवस्थापन, पार्टी कार्यालय कसरी चलेको छ लगायतबारे बुझेको छु ।’

सो अवसरमा भारतीय विदेशीमन्त्री एस जयशंकर, भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालासमेत सहभागी छन्। भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणामा प्रचण्ड तीन दिने भारत भ्रमणमा गएका हुन्।

प्रचण्डसँग शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोहीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस