काठमाडौं ।
नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा सरोज अधिकारीले उमेदवारी घोषणा गरेका छन्।
युनियनका कोषाध्यक्षसमेत रहेका अधिकारिले आज विभिन्न बिटमा काम गरिरहेका पत्रकारहरूसँगको छलफलको क्रममा उम्मेदवारी घोषणा गरेका हुन्।
यसअघि कांग्रेस बिटमा काम गरिरहेका क्रियाशिल पत्रकार, सम्पादक, जिल्ला अध्यक्ष र पार्षदहरूसँग राय लिइसकेका अधिकारीले आज भने औपचारिक रूपमै उम्मेदवारी घोषणा गरेका हुन्।
प्रेस युनियनको केन्द्रीय अध्यक्षमा उमेदवारी घोषणा गर्दै उनले अफ आफू अध्यक्षको उमेदवारीबाट पछि नहट्ने बताएका छन् ।
उनले आफू सँधै श्रमजीवी पत्रकारको साथमा रहेको बताउँदै श्रमजीवी पत्रकारको पक्षमा कसैसँग सम्झौता नगर्ने, पत्रकारको हकहित र पेशागत सुरक्षा र पत्रकारको क्षमता अभिवृद्धिका लागि काम गर्ने प्रतिवद्धता पनि जनाए।
उनको घोषणा कार्यक्रममा संसदीय मामिला पत्रकार समाज,नेपाल आर्थिक पत्रकार समाज, खेलकुद पत्रकार मञ्च, फोटो पत्रकार क्लब, चलचित्र पत्रकार संघ, नेपाल सहकारी पत्रकार समाज,स्वास्थ्य पत्रकारलगायतका शुभेच्छुक पत्रकारहरू सहभागी थिए ।