Latest News

बुढीगंगाको विहानी अपडेटः मतगणना अन्तिम चरणमा, यस्तो आयो पछिल्लो अपडेट

Nepalese Times July 10, 2022 (2 Year ago)    991 Views

काठमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारसँगको मतान्तर घटाएका छन् ।

यसअघिसम्म मेयरमा १५ सय भन्दा धेरै मतान्तर भए पनि अहिले त्यो घटेर ७ सय ८० मा झरेको छ ।

अहिलेसम्म ७ हजार ४ सय १७ मत गन्दा मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत पाएका छन् ।

नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार १ सय १ मत पाएका छन् ।
मेयरमा ७ सय ८० को मतान्तर हुँदा उपमेयरमा ६ सयको मतान्तर छ ।

पछिल्लो परिणाम अनुसार उपमेयरमा नेकपा एमालेकी मायाकुमारी खड्काले ३ हजार ७ सय ५३ मत पाएकी छन् । नेपाली कांग्रेसकी रिता शाहीको खातामा ३ हजार १ सय ५३ मत चढेको छ ।

कुल मतदाता १३ हजार ६ सय ५९ रहेको बुढीगंगामा ९ हजार १ सय १७ मत खसेको थियो ।

३० वैशाखमा भएको मतदानमा धाँधली भएको ठहरसहित निर्वाचन आयोगले यही असार २३ मा पुनः मतदान गराएको थियो । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस