Latest News

यस्तो आयो बुढीगंगा नगरपालिकाको पछिल्लो मत परिणाम (विवरणसहित)

Nepalese Times July 9, 2022 (2 Year ago)    749 Views

काठमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना चलिरहेको छ । बिहीबार भएको पुनः मतदानको अहिले मत गणना भइरहेको हो ।

जारी मतगणनामा नेकपा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँले अग्रता कायम राखेका छन् । मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका रंगबहादुर खाती ९ सय ५७ मतले पछि गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार बानियाँले २१ सय ९६ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार खातीले १२३९ मत मात्र पाएका छन् ।

उपमेयर पदमा पनि एमालेले नै अग्रता कायम गरेको छ । एमालेबाट उपमेयरका उम्मेदवार मायाकुमारी खड्काले २१ सय ७२ मत प्राप्त गर्दा कांग्रेसबाट उपमेयरका उम्मेदवार रीता शाहीले १२६२ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ८ मार्फत यहाँ कांग्रेसले खाता खोलेको छ । वडा नम्बर ८ मा एमालेका विराज रावल र कांग्रेसका रमेश बहादुर रावल उम्मेदवार थिए । रावल विजयी भएका हुन् ।

यस्तै बुढीगंगा नगरपालिका ३ मा नेकपा एमाले उम्मेदवार खडकबहादुर अधिकारी विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार गोरख बहादुर रौलेलाई पछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार अधिकारी विजयी भएका हुन् ।

अधिकारीले ५ सय २८ ल्याएका छन् भने उनका प्रतिदन्द्धी रौलेले २ सय १९ मत मात्र प्राप्त गरेका छन् । सोही वडाबाट एमालेका मेयर उम्मेदवारले ५ सय ११ काँग्रेस मेयरको २ सय ३२ र एमाले उपमेयर ५ सय २६ काँग्रेस उपमेयर २ सय १४ मत पाएका छन् ।

कुल १ हजार ३ सय ४० मतदाता रहेको सो वडामा ७ सय ६७ सय मत खसेको थियो ।१० वटा वडामा ६ वटा वडाको मतगणना सम्पन्न मध्य ५ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन भने वडा न ८ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा बिजयी भएका छन ।

बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् ।कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस