Latest News

बुढीगंगा अपडेटः ५ हजार मत गन्दा एमाले उम्मेदवार दोब्बरले अगाडि, कसको कति ? (मतपरिणामसहित)

Nepalese Times July 9, 2022 (2 Year ago)    676 Views

काठमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि छन्।

प्रमुखमा एमालेका रामबहादुर बानियाँले २७ सय ९८ मत प्राप्त गरेका छन्। कांग्रेसका रंगबहादुर खातीले १५ सय ६ मत ल्याएका छन्।

उपप्रमुखमा एमालेकी माया कुमारी खड्का कुवँरले २७ सय १६ मत ल्याएकी छिन् भने कांग्रेसकी रिता शाहीले १५ सय ७७ मत ल्याएकी छिन् ।

४५ सय ५६ मत गणना भइसक्दा यो नतिजा आएको र अहिले ५ हजारभन्दा बढी मत गणना भइसकेको निर्वाचन अधिकृत लक्ष्मण बहादुर कठायतले जानकारी दिए।

कुनै अवरोध नभए ९ हजार १ सय २८ मत खसेको बुढीगंगाको अन्तिम मत परिणाम भोलि विहानसम्म सार्वजनिक हुने कठायतले बताए।

बुढीगंगा नगरपालिकामा हालसम्म चार वटा वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

चारै वडामा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर एकमा एमालेका रणबहादुर थापाले ४ सय १६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका लोकबहादुर थापाले ३ सय ५८ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीका रामबहादुर सिंहले एक मत मात्रै ल्याए । दुई नम्बर वडामा एमालेका पदमबहादुर भण्डारीले ८ सय ३८ मत ल्याएर विजयी भए। कांग्रेसका नरबहादुर थापा २ सय ३५ मत पाउँदा एकीकृत समाजवादीका सगुने थापाले शून्य मत प्राप्त गरे।

वडा नम्बर ९ मा एमालेका मिनबहादुर सिंहले ४ सय ८२ मत ल्याउँदा समाजवादीका भरतबहादुर थापाले २ सय ९३ मत ल्याए।

वडा नम्बर १० मा एमालेका दलबहादुर सावदले ५ सय ४८ मत ल्याएर विजयी हुँदा कांग्रेसका मोहनबहादुर बुढाले ४ सय ९१ मत प्राप्त गरे। राप्रपाका गौरीप्रसाद जोशीले जम्मा दुई मत ल्याए। अहिले वडा नम्बर ३ र ८ को मतगणना चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस