Latest News

बुढीगंगा अपडेटः यी हुन् अहिलेसम्म विजयी भएका एमालेका ३ वडा अध्यक्ष (मतपरिणामसहित)

Nepalese Times July 9, 2022 (2 Year ago)    652 Views

काठमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनपछि जारी मतगणनाअन्तर्गत अहिलेसम्म ३ वटा वडाको अन्तिम मतपरिणाम आएको छ।

वडा नम्बर १, ९ र १० को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा तीनवटै वडाको वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

पछिल्लोपटक सार्वजनिक भएको मतपरिणामअनुसार वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह ४९२ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिस्पर्धी उत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार भरत बहादुर थापाले २९३ मत ल्याए।

यस्तै, वडा नम्बर १ को वडाध्यक्षमा एमालेका रणबहादुर थापा ४१६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५० मत प्राप्त गरे।

वडा नम्बर १० को वडाध्यक्षमा एमालेका दलबहादुर सावद ५४८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका मोहनबहादुर बुढाले ४९१ मत ल्याए।

हालसम्म ३ हजार ४४० मत गणना हुँदा मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार अग्रतालाई फराकिलो बनाउँदै लगेका छन्।

नेकपा एमालेबाट मेयरका उम्मेदवार राम बहादुर बानियाँले २ हजार ४५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रंग बहादुर खातीले १ हजार १८८ मत ल्याएका छन्।

उपमेयरमा नेकपा एमालेकी माया कुमारी खड‍्का९कुवँर०ले १ हजार ९९१ मत ल्याउँदा नेपाली कांग्रेसकी रिता शाही ९शाह०ले १ हजार २२२ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस