Latest News

बुढीगंगा अपडेट : एमालेले अग्रता ह्वात्तै बढायो, कांग्रेस धेरै मतले पछि (विवरणसहित)

Nepalese Times July 9, 2022 (2 Year ago)    833 Views

काठमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनपछि जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्। पछिल्लो अध्यावधिक मतपरिणामअनुसार मेयर पदमा एमालेका उम्मेदवार ४३९ मतले अगाडि छन्।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार राम बहादुर बानियाँले १ हजार ३४५ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रंग बहादुर खातीले ८८६ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेकपा एमालेका उम्मेदवार माया कुमारी खड‍्का(कुवँर)ले १ हजार २९० मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी रिता शाहीले ९१९ मत प्राप्त गरेकी छन्।

वडा नम्बर १ र १० को मत गणना सकिएकोमा दुवै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अहिले २ नम्बर वडाको मतगणना भइरहेको जनाइएको छ।

बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशतले मतदान गरेका छन् । मतदानमा ३६.०२ प्रतिशत महिला र ३०.७३ प्रतिशत पुरुष सहभागी भएका छन् ।

हायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार वडा नम्बर १ मा ८३१, वडानम्बर २ मा एक हजार ११९, वडानम्बर ३ मा ७६७ , वडानम्बर ४ मा एक हजार २१०, वडानम्बर ५ मा ८१८ मत खसेको छ ।

यस्तैगरेर वडा नम्बर ६ मा ७९०, वडानम्बर ७ मा ८८१ , वडानम्बर ८ मा ७००, वडानम्बर ९ मा ९०३ र वडानम्बर १० मा एक हजार १०९ मत खसेको छ ।

१० वडामा १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन धाँदलीरहित बनाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरेर एक मतदान स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस