Latest News

बुढीगंगा नगरपालिकामा २३४० मत गनेर सकियो, यस्तो आयो पछिल्लो अपडेट

Nepalese Times July 9, 2022 (2 Year ago)    888 Views

काठमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिकामा हालसम्म २ हजार ३४० मत गणना भएको छ । असार २३ गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना जारी छ ।

हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले अग्रता लिएका छन् भने नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् । मेयरमा बानियाँले ४३९ मतले अग्रता लिएका छन् ।

बुढिगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद विजयी भएका छन् । काँग्रेसका उम्मेदवार मोहन बहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका छन् ।

विजयी दलबहादुर साउदले ५ सय ४८ मत ल्याएका छन् भने मोहन बहादुर बुढाले ४ सय ८१ मत ल्याएका छन् ।

सोही वडा बाट एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ६ सय २ काँग्रेसका उम्मेदवार रङ्ग बहादुर खातिको ४ सय ३६ मत ल्याएका छन् ।

उपप्रमुख एमाले उम्मेदवारको ५ सय ७५ र नेपाली काँग्रेस उपमेयर ४ सय ७१ मत ल्याएका छन् । बुढिग‌गाको यो भन्दा पहिला वडा नम्बर एकमा पनि एमाले विजयी भएको छ ।

१७ सय ७८ मतदाता रहेको वडामा ११ सय ९ मत खसेका थिए । बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो ।

बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशतले मतदान गरेका छन् । मतदानमा ३६.०२ प्रतिशत महिला र ३०.७३ प्रतिशत पुरुष सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस