Latest News

राउटे युवतीमाथि घिनलाग्दो काण्ठ मच्चाउने व्यक्तिबारे जिल्ला अदालतले दियो यस्तो आदेश

Nepalese Times July 8, 2022 (2 Year ago)    564 Views

सुर्खेत ।

सुर्खेत जिल्ला अदालतले दुई जनालाई सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । राउटे समुदायकी युवतीमाथि यौ न दुर्व्यवहार गरेको अभियोगमा उनीहरुलाई यस्तो कारबाहीको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौ न दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात–सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।

उनीहरूले पीडित कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्ने छ । त्यस्तै होटल सञ्चालक मनबहादुर पुनलाई पनि ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

उनले ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए ।

जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो ।

मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो ।

ती यूवाहरुले राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाएका थिए । भिडियो भाइरल भएपछि प्रहरीले तीनैजनालाई २०७८ जेठ २३ गते प्रक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस