Latest News

बूढीगङ्गा नगरपालिकामा मतगणना, कसले मार्ला बाजी ?

Nepalese Times July 8, 2022 (2 Year ago)    722 Views

बाजुरा

बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु गर्न सर्बदलीय बैठक बस्ने तयारी भएको छ ।

शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले बताए । मतगणना सुरु गरेको तीन दिनमा मतमरिणाम आइसक्ने उनको भनाइ छ ।

मतगणनास्थल आसपासको सुरक्षा व्यवस्था कडा पारिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाति र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् । यस्तै उपप्रमुखमा काँग्रेसका रिता शाही र एमालेका माया कुँवर उम्मेदवार छन् ।

काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समर्थन रहेको छ । यसअघि वैशाख ३० मा भएको चुनावमा धाँधली भएको आरोप लागेपछि बिहीबार पुन मतदान भएको हो ।

निर्वाचनमा नौ हजार ११७ अर्थात ६६.७५ प्रतिशत मत खसेको छ । बूढीगंगामा १३ हजार ६५९ जना मतदाता रहेका थिए । वैशाख ३० गते भएको मतदान बदर भएपछि सो नगरपालिकाका १० वटै वडामा आज फेरि मतदान भएको थियो ।

मतदानमा ३६.०२ प्रतिशत महिला र ३०.७३ प्रतिशत पुरुष सहभागी भएका छन् । साँझसम्म मतपेटिका संकलन गरेर निर्वाचन अधिकृतको कार्यालय कुल्देमाडौ ल्याउने काम भइरहेको निर्वाचन अधिकृत हस्तबहादुर कडायतले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार जसअनुसार वडा नम्बर १ मा ८३१, वडानम्बर २ मा एक हजार ११९, वडानम्बर ३ मा ७६७ , वडानम्बर ४ मा एक हजार २१०, वडानम्बर ५ मा ८१८ मत खसेको छ ।

यस्तैगरेर वडा नम्बर ६ मा ७९०, वडानम्बर ७ मा ८८१ , वडानम्बर ८ मा ७००, वडानम्बर ९ मा ९०३ र वडानम्बर १० मा एक हजार १०९ मत खसेको छ ।

१० वडामा १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन धाँदलीरहित बनाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरेर एक मतदान स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

वैशाख ३० गतेको चुनावमा सुरक्षा व्यवस्था कमजोर हुँदा २,३,५ र ९ एमाले, ४ र ७ मा कांग्रेसले वुथ कव्जा गरेको कारण यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस