Latest News

पेट्रोलियम पदाथको भाउ फेरि बढ्यो, लिटरको कति पुग्यो ?

Nepalese Times July 4, 2022 (2 Year ago)    675 Views

काठमाडौं ।

पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ । नेपालय आयल निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ बढेको छ ।

यस्तै डिजेल र मट्टितेलको भाउ लिटरकै ९ रुपैयाँले बढेको छ भने हवाई इन्धनको भाउ आन्तरिकतर्फ ५ रुपैयाँ बढेको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको लिटरको १८१ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको लिटरको १७२ रुपैयाँ पुगेको छ ।

निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ।

हवाइ इन्धन आन्तरिकको मूल्य १९० रूपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो।

केही दिनअघि  नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी थालेको थियो । त्यसका लागि जनताको सेन्टिमेन्ट बटुल्न निगमले नौटंकी सुरु गरेको थियो ।

लामो समयदेखि घाटा ब्यहोरेको भन्दै निगम आफै टाट पल्टिएको भन्दै बहना गरिरहेको छ । उसले भारतबाट महँगोमा तेल किनेर नेपालमा घाटामा बेचिरहेकाले निगम टाट पल्टिएको बताएको हो ।

आर्थिकरूपमा कमजोर बनेपछि जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण​ लिने तयारी गरेको उसको भनाई छ । त्यसका लागि निगमले केन्द्रीय कार्यलय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अर्थमन्त्रालयले बैंकमा जग्गा धितो राखेर ऋण​ लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई पत्र पठाएको छ । पत्रमा अर्थ मन्त्रालयले निगमलाई दिनु पर्ने ३ अर्ब सोधभर्नाको रकम लिन जग्गा धितोमा राख्न भनिएको छ।

अहिले बैंकहरुले ऋण दिन छोडेको महिनौँ भइसकेको छ । तर निगमले मूल्य बृद्धि गर्न ऋणको बहाना बनाई नौटंकी गरेको छ । निगमले आफ्नो चुहावट व्यवस्थापन गरे मात्रै पनि अर्बौ आम्दानी गर्न सक्छ । तर हुँदै नभएको चुहावट देखाएर लुटको धन्दा चलाउँदै कम्पनी घाटाको नाटक गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस