Latest News

औसतमा २.५ दिन घुम्छन् आन्तरिक धार्मिक पर्यटक, खर्च कति गर्छन् ?

Nepalese Times July 4, 2022 (2 Year ago)    725 Views

काठमाडौं । एक अध्ययनका अनुसार नेपालका आन्तरिक धार्मिक पर्यटकहरुले औसत २.५ दिन भ्रमण गर्ने गरेका छन् ।

नेपाल राष्ट्र बैंककले प्रदेश १ मा धार्मिक पर्यटनको स्थिति, सम्भावना तथा चुनौतीबारे गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका आन्तरिक धार्मिक पर्यटकहरुले औसत २.५ दिन भ्रमण गर्ने गरेका देखाइएको हो ।

नेपालभर आन्तरिक पर्यटकको औसत भ्रमण अवधि र उनीहरुले गर्ने खर्चबारे भने अहिलेसम्म औपचारिक अध्ययन भएको छैन ।

नेपाल राष्ट्र बैंकले प्रदेश नम्ब १ लाई मात्र केन्द्रित गरी गरेको अध्ययनले नेपालीहरु धार्मिक गन्तव्यका लागि औसत २।५ दिनको समय निकालेर घुम्न निस्कने देखिएको हो ।

यसअवधिमा उनीहरुको औसत भ्रमण खर्च ११ हजार ८ सय रुपैयाँ रहेको पाइएको छ । प्रदेश नम्बर १ मा कुल ४९ वटाभन्दा बढी धार्मिकस्थल पहिचान भएको छ । यसमध्ये ४ वटा धार्मिकस्थल छनोट गरी नेपाल राष्ट्र बैंकले प्रश्नावली सर्वेक्षणका माध्यमबाट यस्तो अध्ययन गरेको हो ।

सुनसरीको बराहक्षेत्र, खोटाङको हलेसी महादेव मन्दिर, ताप्लेजुङको पाथिभरा र इलामको सानो पाथिभरालाई समेटेर सर्वेक्षण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले स्थानीय पर्यटक, स्तरीय होटल, पूजा सामग्री तथा उपहार, हस्तकलाका सामग्रीको कारोबार गर्ने व्यापारी, यातायात व्यवसायी, मन्दिर व्यवस्थापन समितिरविकास समिति, आन्तरिक तथा बाह्य पर्यटक र ट्राभल तथा ट्रेकिङ एजेन्सीबाट सूचना संकलन गरी विश्लेषणमार्फत प्रतिवेदन बनाएको उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रतिवेदनमा विभिन्न मन्दिर व्यवस्थापन समिति तथा विकास समिति र नेपाल पर्यटन बोर्डबाट प्राप्त तथ्यांकका आधारमा २०७६ सालमा प्रदेश नम्बर १ मा २५ लाख ४५ हजार ५२ जना पर्यटक पुगेको उल्लेख गरेको छ । यसमध्ये आन्तरिक पर्यटकको संख्या १७ लाख ५० हजार १०३ रहेको छ । यो कोभिड(१९ महामारी भन्दा अगाडिको तथ्यांक हो ।

अध्ययनले देखाएको निष्कर्ष अनुसार आन्तरिक धार्मिक पर्यटनमा जागिरे र व्यापारी बढी संख्यामा निस्कने गरेका छन् ।

धार्मिकस्थलको भ्रमण गर्ने ४५ प्रतिशतको मुख्य पेशा नोकरी रहेको देखिएको छ । २५ प्रतिशत आन्तरिक पर्यटकको पेशा व्यापार रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ६७।५ प्रतिशत आन्तरिक पर्यटक परिवारका सदस्यसहित धार्मिकस्थलको भ्रमणमा निस्किएका थिए । २२।५ प्रतिशत पर्यटक भने परिवारका सदस्यबाहेक अन्य समूहमा भ्रमणमा आएका थिए ।

अध्ययन प्रतिवेदन अनुसार प्रदेश नम्बर १ का धार्मिक गन्तव्यमा भ्रमण गर्ने पर्यटकको औसत खर्च ११ हजार ८ सय रुपैयाँ देखिएको छ । विगत पाँच वर्षमा एक पटक भन्दा बढी धार्मिकस्थलको भ्रमण गरेका सर्वेक्षणमा सहभागी पर्यटकको खर्च ४३।६ प्रतिशतले बढ्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पर्यटकको खर्च सबैभन्दा धेरै यातायातमा ४३।३ प्रतिशत हुने गरेको छ । खाना र होटलमा ३५।९ प्रतिशत र पूजा सामग्रीमा १०।६ प्रतिशत खर्च हुने गरेको छ । सर्वेक्षणमा सहभागीमध्ये ८० प्रतिशतले मनोकांक्षा प्राप्तिका लागि धार्मिकस्थलको भ्रमणमा जाने गरेको बताएका छन् ।

अध्ययन प्रतिवेदन अनुसार धार्मिक स्थल वरपर पूजा सामग्री र हस्तकलाका सामग्रीको व्यापार फस्टाएको छ । धार्मिक स्थलमा सबैभन्दा धेरै पूजा सामग्री बिक्री हुन्छ । त्यसपछि हस्तकला हुने गरेको छ । यस्ता सामग्री बिक्रीबाट औसत २८.४ प्रतिशत मुनाफा हुने गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस