Latest News

कांग्रेसमा पनि मन्त्री हेरफेरको बहस : सुजाता कोइरालासहित को–को छन् सूचीमा ?

Nepalese Times June 30, 2022 (2 Year ago)    804 Views

काठमाडौं । लामो रस्साकस्सीपछि नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्न सफल भयो । पुराना मन्त्रीहरुको अटेरीपन हुँदाहुँदै अध्यक्ष माधव नेपालले मन्त्री फेरबदल गरिदिए ।

एकीकृत समाजवादीसँगै अरु पार्टीका मन्त्रीहरु पनि फेरबदल हुने चर्चा भएपनि अहिलेसम्म भने नेकपा एसको मात्रै मन्त्री फेरबदल भएको छ । यसैक्रममा नेपाली कांग्रेसभित्र पनि मन्त्री फेरबदलको बहस सतहमा आएको छ ।

नेपाली कांग्रेसबाट मन्त्री बन्न धेरैको आकांक्षा देखिएको छ । यस्तो अवस्थामा अहिले नै मनत्री हेरफेर गर्दा धेरै असन्तुष्ट हुने देखेका प्रधानमन्त्री देउवा अहिले नै यो कदम चाल्ने पक्षमा छैनन् ।

तर, महामन्त्री गगन थापालगायत नेताहरु भने मन्त्री हेरफेरको कुरा गर्दै आइरहेका छ । ‘मन्त्री हुने सोच सबैको हुनसक्छ । तर सभापति टसको मस हुनुभएको छैन । मन्त्री परिवर्तन गर्ने भन्नेबित्तिकै एकसेएक दाबेदार निस्कनुहुन्छ,’ कांग्रेस नेता मीन विश्वकर्मा भन्छन्, ‘प्रधानमन्त्रीलाई मन्त्री फेरबदलको कुरा लिएर जाँदा अहिले कहाँ भन्नुहुन्छ ।’

मन्त्री बन्नका लागि चाहना गर्नेमा सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौलासहितका छन् । सञ्जय गौतम, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव र प्रकाश रसाइली स्नेही पनि मन्त्रीका दाबेदार हुन् ।

यसअघि राज्यमन्त्री भएका उमेश श्रेष्ठलाई पनि देउवाले मन्त्रीमा बढुवा गर्न सकेका छैनन् । जिपछिरिङ लामा, बहादुरसिंह लामा पनि मन्त्रीका लागि दाबेदार नाम हुन् ।

अन्य दलमा मन्त्री फेर्नेबारे चर्चा चलिरहँदा कांग्रेसमा औपचारिक छलफल भएको छैन । तर केही नयाँ सांसदले अहिलेसम्म मन्त्री हुने अवसर पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस