Latest News

बालेन साह पनि रवि लामिछानेको पार्टीमा समाहित हुने, केन्द्रीय सदस्यले नै गरे यस्तो खुलासा

Nepalese Times June 30, 2022 (2 Year ago)    469 Views

काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अबको राजनीतिक यात्रा कसरी अघि बढ्ला भन्ने आम चासो रहेको छ ।

नेकपा एमालेका उम्मेदवार र सत्ता गठबन्धनका साझा उम्मेदवारलाई अत्याधिक मतले पछि पार्दै मेयर पद जितेका उनी स्वतन्त्र नै बस्लान् या नयाँ कुनै पार्टीमा समाहित होलान् भन्ने चासो भइरहेको छ ।

यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट साहलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट अफर आएको छ । उनलाई पार्टी प्रवेश गराउन लामिछानेले आफू निकटका नेताहरु खटाइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यका अनुसार साहलाई पार्टीमा ल्याउन आवश्यक गृहकार्य भइरहेको खुलासा गरे ।

नेप्लिज टाइम्ससँग कुरा गर्दै उनले भने, ‘स्वतन्त्र बस्दा उनलाई का मगर्न सहज छैन । नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत राजनीतिक दलहरुले असहयोग गर्ने हुन् कि भन्ने उनलाई डर छ ।’

देशैभरका स्वतन्त्र व्यक्तिहरुको एउटा साझा पार्टी बनाउनका लागि आफूहरु लागिपरेकोले बालेन्द्रलाई पनि आफ्नो पार्टीमा समाहित गरेर देश निर्माण गर्न खोजिएको ती नेताले बताए ।

तर बालेन साह भने अहिले नै कुनै पार्टीमा प्रवेश गर्न हतारिने पक्षमा छैनन् । अहिले नै कुनै पार्टी समात्दा ५ वर्षसम्म काम गर्न गर्न असहज अवस्था आउन सक्ने उनले बुझेका छन् ।

रवि लामिछानेको पार्टीले हार्ने र जित्ने निश्चित नभइसकेकोले अहिले नै पार्टी प्रवेश गर्दा महाननगरपालिकाको काम गर्न आफूलाई असहज हुने उनको ठम्याई छ ।

बरु प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका धेरैजसो निर्वाचन क्षेत्रमा जितेको अवस्थामा आफूलाई काम गर्न सहज हुने र त्यसबेला पार्टी प्रवेश गर्ने बालेनले जवाफ फर्काएका छन् ।

प्रतिक्रिया दिनुहोस