Latest News

अन्तत: फेरिने भयो रवि लामिछानेको पार्टीको झण्डा, यस्तो हुनेछ नयाँ ‘लुक्स’

Nepalese Times June 29, 2022 (2 Year ago)    619 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डा परिवर्तन गर्ने भएको छ ।

संचारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछाने सभापति रहेको पार्टीको झण्डा युरोपियन युनियनको झण्डासँग हुबहु मिलेको भन्दै यसअघि आलोचना भएको थियो ।

केहीले कतै युरोपेली युनियनकै डिजाइन र लगानीमा पार्टी गठन भएको हो कि भन्ने आशंकासमेत गरेका थिए । युरोपेली युनियनको झण्डामा निलो पृष्ठभूमीमा १२ राष्ट्रको प्रतिनिधित्व हुने गरि गोलवद्ध १२ वटा सुनौलो रंगका ताराहरु रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डाको पृष्ठभूमी भने निलो र हरियोको मिश्रित रंगको छ । यसमा नेपालको सात प्रदेश झल्किने गरि सातवटा सेतो रंगका ताराहरु अंकित छन् ।

झट्ट हेर्दा युरोपेली युनियन र राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा उस्तै देखिएको भन्दै मानिसहरुले आलोचना र आशंका गरिरहेका थिए ।
चौतर्फी आलोचनाका कारण पार्टीको झण्डामा रहेको ७ वटा ताराहरु हटाउन लागिएको राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले नेप्लिज टाइम्सलाई बताए ।

नेपाली पन र नेपाली माटो सुहाउँदो वादलाई लिएर आफूहरुको राजनीतिक यात्रा सुरु भएकोले ७ वटा तारा राख्नुमा वैज्ञानिक कारण भएको तर आलोचना भएपछि त्यसलाई हटाउने तयारी भएको उनले बताए ।

यस्तै उनले निर्वाचन आयोगलेसमेत झण्डामा रहेको ७ वटा तारा हटाउन सुझाव आएकोले आफूहरुले त्यसलाई हटाएर बीचमा घण्टी चिन्ह राखेर नयाँ झण्डा बनाउन खोजिएको बताए ।

प्रतिक्रिया दिनुहोस