Latest News

आज सार्वजनिक बिदा दिने सरकारको निर्णय (सूचनासहित)

Nepalese Times June 29, 2022 (2 Year ago)    661 Views

काठमाडौं । सरकारले असार १५ गते धान दिवसका दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले असार १५ का दिन सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारले कर्णालीमा १० जिल्ला भएपनि ९ जिल्लामा मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जुम्लामा भने बिदा हुने छैन ।

धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन असार १५ लाई धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ ।

यस दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने र दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् ।

खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।

‍‍‍====

प्रतिक्रिया दिनुहोस