Latest News

नेकपा एसमा नयाँ ट्वीस्ट, प्रेम आलेसहित यी ६ सांसदले गरे हस्ताक्षर फिर्ता

Nepalese Times June 25, 2022 (2 Year ago)    511 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयले भाँडभैलो भइरहँदा फेरि अर्को ट्वीस्ट आएको छ ।

अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।

संसदीय दलको बैठक माग गर्दै निवेदन दिने स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरु बाहेकका ६ जना सांसदले हस्ताक्षर फिर्ता गरेका हुन् ।

सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर गरेको नेकपा एसका नेता सोम प्रसाद पाण्डेले बताए।

नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै निवेदन दिएका थिए ।
निरा देविलाई हस्ताक्षर फिर्ता गराउन कोसिस भइरहेको नेता पाण्डेले बताए ।

मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै स्वास्थ्यमन्त्री खतिवडा, शहरी विकासमन्त्री झाँक्री, पर्यटनमन्त्री आले र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

त्यस्तै सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरा जैरुले पनि हस्ताक्षर गरेका थिए। ध्यानाकर्षणपत्रमा मन्त्रीहरूलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै गुनासो गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस