Latest News

प्रचण्डले प्रधानमन्त्री बन्ने रहर गरेलगत्तै ओलीले मध्यरातमै गरे यस्तो प्रस्ताव, देउवा तनावमा

Nepalese Times June 25, 2022 (2 Year ago)    868 Views

काठमाडौं । काठमाडौंमा शुक्रबार भएको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरे ।

देशलाई नयाँ युगतिर लैजानका लागि आफू फेरि एक पटक प्रधानमन्त्री हुने सपना रहेको भन्दै उनले देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए ।

उनले आफू प्रधानमन्त्री हुँदा धेरै चीज सुधार गर्ने प्रयास गरेको भन्दै त्यसमा गर्व महसुस हुने गरेको पनि बताए । राष्ट्रिय एकता नै खण्डित हुने अवस्थामा मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि उनको भनाइ थियो ।

परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै उनले वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको बताए ।

वामपन्थीहरुको एकता र फेरि प्रधानमन्त्री बन्ने प्रचण्डको रहरका कारण सत्ता गठबन्धनमा भने खैलाबैला मच्चिएको छ । नेपाली कांग्रेसका नेताहरु प्रचण्ड फेरि एमालेसँग मिल्ने र नेपाली कांग्रेसलाई धोका दिने काम हुने पो हो कि भनेर ससंकित बनेका छन् ।

यसैक्रममा प्रचण्डले आफू एकपटक प्रधानमन्त्री बन्ने सपना सार्वजनिक गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक पटक बसेर सल्लाह गर्न आफू निकटका नेताहरुमार्फत सन्देश पठाएका छन् ।

अध्यक्ष ओलीले फेरि एकपटक वाम एकता गर्ने हो भने सत्ता गठबन्धन टुटाएर वार्तामा बस्नुपर्ने र त्यसो गरेमा बरु आफूले प्रधानमन्त्री पद दिन तयार रहेको आफू निकटका नेताहरुमार्फत खबर पठाएका छन् ।

अध्यक्ष ओली जुनसुकै हालतमा सत्ता गठबन्धन टुटाउने पक्षमा रहेका छन् । त्यसका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्ने प्रस्तावसमेत ओलीले विश्वासपात्रहरुमार्फत लैजाने गरेका छन् ।

ओलीले प्रचण्डको यस्तो अभिव्यक्ति सार्वजनिक भएलगत्तै मध्यरातमै केही नेताहरुलाई माओवादी केन्द्रका प्रचण्ड निकटका नेताहरुसँग कुरा गर्न लगाएका बालकोट स्रोतले जनाएको छ ।

केही दिनअघि पनि ओलीले माधव कुमार नेपालबाहेकका शक्तिहरुसँग वाम एकता गरेर अघि बढ्न सकिने भनेका थिए । वाम एकताका लागि नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु निरन्तर छलफलमा रहेका उनीहरु स्वयंले भन्दै आएका छन् ।

‍‍===============

प्रतिक्रिया दिनुहोस