Latest News

रवि लामिछानेले तोके पार्टी प्रवक्ता, को हुन् ढकाल ?

Nepalese Times June 24, 2022 (2 Year ago)    664 Views

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी मुकुल ढकालले पाएका छन्। केही दिनअघि घोषणा भएको रवि लामिछानेको नेतृत्वमा गठन भएको सो पार्टीको प्रवक्ताको जिम्मेवारी ढकालले पाएका हुन् ।

निर्वाचन आयोगमा लामिछानेलगायतले उक्त पार्टी दर्ताका लागि निवेदन दिएका थिए। पार्टी गठनको घोषणापछि आज पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्न लागेको छ।

प्रवक्ता ढकालको हस्ताक्षरसहित पत्रकार सम्मेलन भन्दै पार्टीले पत्र सार्वजनिक गरेको छ। आज अपरान्ह ४ बजे रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन हुने ढकालले उल्लेख गरेका छन्।

विराटनगरका ढकाल कालिकोटको रास्कोट अस्पतालका डाइरेक्टर हुन्। लामिछानेको पहलमा उक्त अस्पताल बनेको थियो। mलामिछानेले आफ्नो पार्टीमा २१ जना रहेको बताए पनि को–को छन् खुलाएका थिएनन्।

यस्तो छ उनले निकालेको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस