काठमाडौं । नगरसभा भएको खुसीमा सार्वजनिक विदा दिइएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै विदा दिइएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
शुक्रबारको दिन नगरपालिका एवम् नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।
नगरप्रमुख बालकृष्ण बस्नेतले यसबारे जानकारी गराउनुभयो । विगतमा पनि नगरसभा सम्पन्न भएको भोलिपल्ट सार्वजनिक विदा दिने गरेकाले यसपटक पनि दिइएको बस्नेतको तर्क रहेको छ ।
सार्वजनिक सूचना सम्बन्धमा जारी सूचना यस्तो छ, ‘यस बाह्रविसे नगरपालिकाको मितिर०३र०९ गते ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा मिति २०७९–०३र१० गते शुक्रबारको दिन नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने व्यहोरा आदेशानुसार अनुरोध छ ।’
=======