Latest News

राति सुत्ने बेलामा भुलेर पनि नगर्नुहोस् यी ९ काम

Nepalese Times June 23, 2022 (2 Year ago)    755 Views

काठमाडौं । सुत्ने कोठा हाम्रो जीवनको महत्वपूर्ण स्थल हो । पर्याप्त सुताई मानिसका लागि अपरिहार्य छ । सुत्ने कोठा हामीले दिनको २४ घण्टा मध्ये कम्तिमा ६ घण्टा भन्दा बढि नै विताउँछौं । तर यी सुत्ने कोठामा विभिन्न गलत काम गर्दा हामीलाई सुत्न समस्या हुन्छ ।

सुत्ने समयमा गर्नैनहुने काम यस्ता छन्:

१. सुत्ने बेलामा धुम्रपान गर्ने बानी । यसले तपाइलाई निद्रा नलाग्ने समस्या हुन सक्छ ।

२. सुत्ने समयमा रक्सी पिउने आदत छ भने पनि खराव हो । यसले तपाइँको निद्रा खराव हनुका साथै विहान पनि ह्याङओभरको समस्या हुन्छ ।

३. सुत्ने बेलामा कफी वा चिया खाने बानी छ भने छोड्नुस् ।

४. गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन । सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो ।

५. सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ ।

६.सुत्नु अघि तरल पदार्थको सेवन पनि नराम्रो मानिन्छ ।

७. राति सम्म अनिदो बस्ने बानी पनि खराव छ । यसले स्वास्थ्य र निद्रा दुवैमा प्रतिकुल असर गर्छ ।

८. राति सुत्नु अघि असपलताको बारेमा नसोच्नु ।

९. राति सुत्नु अघि अफिसको काम बारे नसोंच्नुस् । यसो गर्दा तनावले निद्रा नलाग्ने समस्या हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस