Latest News

मध्यरातमा डीआईजीको बढुवा सिफारिस, पहिलो नम्बरमा बसन्त कुँवरसहित को-को छन् ?

Nepalese Times June 23, 2022 (2 Year ago)    423 Views

काठमाडौं। बुधबार राती नायब महानिरिक्षक-डीआईजीको रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस भएको छ। बढुवा सिफारिस हुनेहरुमा पहिलो नम्बरमा बसन्त कुँवर छन्।

दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहेका छन्। कुँवर हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका छन्। २०५१ चैत तथा २०५२ साउन र मंसिरमा सेवा प्रवेश गरेर एसएसपी भएकामध्येबाट पहिलो लटमा डीआईजी बढुवा सिफारिस भएको हो।

यो ब्याचबाट आगामी चैतमा नेपाल प्रहरीले नयाँ नेतृत्व पाउन सक्ने छ। डीआईजीबाटै आईजिपी बन्ने सम्भावना रहेकाले बढुवामा चरम रस्साकस्सी भएको थियो। बुधबार राती निकालिएको बढुवा सिफारिसमा अशोक सिंह, किरण राना, दुर्गा सिंह र सुदीप गिरी सूचीमा रहेका अन्यभन्दा १५ महिना जुनियर एसएसपी हुन्।

उनिहरु २०७७ बैशाखमा एसएसपी भएका थिए। अन्य भने २०७५ माघमै एसएसपी बनेका हुन्। २०७५ माघमा एसएसपी बनेका सबै सिफारिसमा परेका छन् १७ दरबन्दी रिक्त रहेकाले चार जना १५ महिना जुनियर एसएसपी पनि बढुवा हुने सम्भावना रहेको थियो।

तर एसएसपीको वरियतामा भने ब्यापक हेरफेर भएको छ, डीआईजीको वरियतामा। एसएसपीमा बढुवा हुँदा सन्दीप भण्डारी पहिलो, दोस्रो टेकप्रसाद राई, तेस्रो उमेशराज जोशी, चौथो श्यामलाल ज्ञवाली थिए भने बसन्त कुँवर १२ औँ नम्बरमा रहेका थिए।

यस्तै २०७७ बैशाखमा एसएसपीमा बढुवा हुँदा आफ्नो ब्याचमध्ये विष्णुकुमार केसी पहिलो, अशोक सिंह पाचौँ, सुदिप गिरी छैटौँ, दुर्गा सिंह सातौँ र किरण राना आठौँ नम्बरमा रहेका थिए। २०५१ चैतमा सेवा प्रवेश गरेका चारै जना महिला अधिकृत एकसाथ डीआईजीका लागि सिफारिस भएका हुन्।

‍=======================

 

प्रतिक्रिया दिनुहोस