Latest News

मूल्य वृद्धिको विरोध गर्दै राप्रपाले काठमाडौंमा निकाल्यो मशाल जुलुस

Nepalese Times June 21, 2022 (2 Year ago)    415 Views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै आज साँझ राजधानीमा मशाल जुलुस निकालेको छ ।

भृकुटीमण्डपबाट शुरु भएको मशाल जुलुस भद्रकाली, सुन्धारा हुँदै रत्नपार्कसम्म पुगेको छ ।

‍‍‍=====

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नुकाे कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको थियो । सोमवार टेकुमा रहेकाे निगमको केन्द्रीय कार्यालय पुगेका पार्टीका नेता, कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन् ।

प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भीभीआईपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ ? प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलमा कति कर लाग्छ ? लगायतका सात वटा प्रश्नको जवाफ माग गर्दै निगम कार्यालयमा धर्ना दिनुपरेको राप्रपाले जनाएको छ ।

अनावश्यक करको दरमात्रै हटाउने हो भने पनि पेट्रोलियम पदार्थको मूल्य आधा घट्न सक्ने स्पष्ट पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीको भनाइ छ ।पेट्रोल प्रतिलिटर एक सय ९९, डिजल एक सय ९२ रुपैयाँ पुर्‍याएपछि सर्वसाधारणसमेत त्ययसको विरोधमा छन् ।

प्रतिक्रिया दिनुहोस