Latest News

सत्ता गठबन्धनको बैठक सकियो, के- के भयो निर्णय ?

Nepalese Times June 19, 2022 (2 Year ago)    648 Views

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। शीर्ष नेताहरूको बैठकमा मन्त्रिपरिषद बैठक हेरफेर र चुनावको मितिबारे छलफल भएको बुझिएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक गाविन्द परियारका अनुनसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

बजेट पारित भएलगत्तै मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय गरेका नेताहरूले प्रतिनिधिसभाबाट बजेट पारित भएसँगै त्यो विषयलाई निरन्तरता दिएका छन्।

समाजवादीले सरकारमा सहभागी आफ्ना मन्त्री फेर्ने सचिवालयको निर्णयलाई स्थायी कमिटिबाट अनुमोदन गराएको छ।

त्यस्तै प्रचण्ड, नेपाल र यादवबीच शनिबार भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने निष्कर्ष निकालेका थिए । सोही निष्कर्षअनुसार नेताहरु प्रधानमन्त्री देउवासँग छलफलका गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकले समेत प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा कुनैपनि विवादास्पद र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति वा कार्य नगर्न नगराउन नेपाल सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस